काठमाडौं । कृषि समाग्री कम्पनीको कायम मुकायक प्रबन्ध सञ्चालकको जिम्मेवारी राजेन्द्रबहादुर कार्कीले पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका नेत्रबहादुर भण्डारीको स्थानमा कार्कीलाई निमित्तको जिम्मेवारी दिएर पठाइएको हो । कार्कीले सोमबारै कायम मुकायम प्रबन्ध सञ्चालकको रुपमा पदभार ग्रहण गरेका छन् ।
गुणस्तरहीन डीएपी मल खरिद गरी आर्थिक अनियमितताको गरेको आरोपमा भण्डारीसहित १२ जना कर्मचारीविरुद्ध आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । प्रबन्ध सञ्चालक रिक्त हुँदा थप मल खरिदसम्बन्धी प्रक्रिया अघि बढ्न सकेको थिएन ।
कार्की विगत २६ वर्षदेखि सरकारी सेवामा छन् । उनले यसअघि पनि कम्पनी अन्तर्गत विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन् । पदभारलगत्तै उनले किसानलाई रासायनिक मल सहज उपलब्ध गराउनु आफ्नो उद्देश्य हुने बताए ।



