images
images

आयल निगमको कार्यकारी निर्देशकमा १७ जनाको दाबेदारी


  • 554
    SHARES
  • २०७८ माघ १७ गते सोमबार

    आयल निगमको कार्यकारी निर्देशकमा १७ जनाको दाबेदारी

    काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आवेदनका लागि तोकिएको अन्तिम दिन माघ १६ गतेसम्म सो संख्यामा आवेदन परेको हो । 

    यसरी आवेदन दिनेहरुमा जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, डा. चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकज कुमार दास, हरिवंश आचार्य, आनन्द प्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमार रहेका छन् ।

    निवर्तमान कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने आवेदन दिएनन् । उनीबाहेक निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई लगायतले पनि आवेदन दिएका छैनन् । अब यी १७ जना मध्येबाट प्रतिस्पर्धाको आधारमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस हुनेछ । मन्त्रिपरिषद्ले उक्त नाममध्ये एक जनालाई कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्नेछ ।  

    dabadar.jpg


    images
    images

    Logo