काठमाडौं । सुनचाँदीको मुल्यमा लगातार ५ दिन गिरावट आएको छ । सुनचाँदी बजारमा आज ४ सयले सुनको मूल्य घटेको छ भने आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।
शुक्रबार प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर र प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।