images
images

अरुण काबेलीको नाफा बढ्यो, ईपीएस २१.५९ रुपैयाँ


  • 665
    SHARES
  • २०७८ माघ १७ गते सोमबार

    अरुण काबेलीको नाफा बढ्यो, ईपीएस २१.५९ रुपैयाँ

    काठमाडौं । अरुण काबेली पावर कम्पनीको नाफा बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सो कम्पनीको नाफा २० करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो नाफा १८ करोड रहेको थियो । 

    हाल सो कम्पनीको शेयर पुँजी १ अर्ब ८५ करोड रुपैयाँ छ । यो आधारमा कम्पनीको प्रतिशेयर आम्दानी २१.५९ रुपैयाँ हुन आउँछ । 
    अरुण काबेलीले यसरी नाफा बढाउन विद्युत् बिक्रीको आम्दानी प्रमुख रहेको छ । अघिल्लो वर्ष यो अवधिमा विद्युत् बिक्रीबाट ३९ करोड कमाएको अरुण काबेलीले यो वर्ष ४५ करोड कमाएको छ ।


    images
    images

    Logo