images
images

तथ्यांकमा नभेटिएको २४ लाख डोज खोपको विवरणको खोज्न समिति गठन 


  • 486
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    तथ्यांकमा नभेटिएको २४ लाख डोज खोपको विवरणको खोज्न समिति गठन 

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकमा नभेटिएको २४ लाख डोज खोपको विवरणको खोज्न छानविन समिति गठन गरेको छ । स्वास्थ्यमन्त्रीले विरोध खतिवडाले आइतबार समिति गठन गरी तथ्यांक गढबढ भएको खोपको छानविन गर्ने निर्देशन दिएका हुन्

    सो समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीसहित ५ सदस्यीय छानविन टोली रहेका छन् । उक्त टोलीले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएका छन् । सो समितिले दुई हप्ताभित्र प्रतिवेदन तयार पारि मन्त्रालयमा पेश गर्नेछ । 

    केही हप्ता अगाडि २४ लाख डोज खोपको विवरण नआएको थाहा भएपछि उक्त विषयमा सत्य तथ्य पत्ता लगाउन मन्त्रालयले छानविन समिति गठन गरिएको हो । 

     


    images
    images

    Logo