images
images

प्रेस काउन्सिलले सार्वजनिक गर्यो पत्रपत्रिकाको नयाँ वर्गीकण, २३९ वटा 'क' वर्गमा


  • 373
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    प्रेस काउन्सिलले सार्वजनिक गर्यो पत्रपत्रिकाको नयाँ वर्गीकण, २३९ वटा 'क' वर्गमा

    काठमाडौं ।  प्रेस काउन्सिलले पत्रपत्रिकाको नयाँ वर्गीकण नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ को जतिजा प्रकाशन गरेको हो ।

    वर्गीकरणको लागि कुल ८ सय ८३ वटा पत्रपत्रिकाको आवेदन परेको थियो । त्यसमध्ये राष्ट्रिय स्तरमा १ सय ६६, प्रादेशिक स्तरमा १ सय ६५ र स्थानीय स्तरमा ५ सय ५२ पत्रपत्रिका थिए । 

    त्यसमध्ये आर्थिक वर्ष २०७५÷७६ का लागि २ सय ९९ वटा ‘क’ वर्गमा, ४ सय ७६ वटा ‘ख’ वर्गमा, १ सय ३७ वटा ‘ग’ वर्गमा, १५ वटा ‘घ’ वर्गमा पर्दा ३६ वटालाई हुबहु र वर्ग कायम गरिएको छैन । 

    आर्थिक वर्ष २०७६÷७७ का लागि २ सय ३९ वटा ‘क’ वर्गमा, ४ सय ३१ वटा ‘ख’ वर्गमा, १ सय ६३ वटा ‘ग’ वर्गमा छन् भने ४५ वटालाई हुबहु र वर्ग कायम गरिएको छैन । यो वर्ष ‘ग’ वर्गमा भने एउटै पनि पत्रिका छैनन् । 


    images
    images

    Logo