भक्तपुर । कोरोना लागेको जान्दाजादै सार्वजजिक कार्यक्रममा सहभागी भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १ महिना कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ ।
सुर्यविनायक नगरपालिका वडा नं १५ घर भएका अभिजित अधिकारीले आइतबार प्रशासनमा मुद्दा दर्ता गराएका हुन् । मुद्दा दर्ता गरेसँगै आफूमाथि एमाले कार्यकर्ताबाट सुरक्षा खतरा भएको भन्दे उनले प्रशासनसँग शान्ति सुरक्षाको माग समेत गरेका छन् ।
