काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १ सय ४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा काठमाडौंमा २ हजार ४ सय २ जना, भक्तपुरमा २ सय २० जना र ललितपुरमा ५ सय २१ जना संक्रमित थपिएका छन् ।