images
images

एमसीसीमा अमेरिकाले दिएको दोस्रो अल्टिमेटमको समय घर्कियो


  • 482
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    एमसीसीमा अमेरिकाले दिएको दोस्रो अल्टिमेटमको समय घर्कियो

    काठमाडौं । मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पास गर्न अमेरिकाले नेपाललाई दिएको दोस्रो अल्टिमेटमको समय समेत घर्किएको छ । अमेरिकाले सो सम्झौता संसदबाट अनुमोदन गर्न फेब्रुअरी १ सम्मको समय दिएको थियो । तर, सो भन्दा अघि संसद बैठक नबस्ने भएकोले यो पास हुने सम्भावना टरेर गएको हो । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न अमेरिकाले फेब्रुअरी १ सम्मको समय दिएको गठबन्धनको बैठकमा जानकारी गराएका थिए । सो जानकारीपछि संसद बैठक स्थगित गरेर पर धकेलिएको हो । 

    सत्तारुढ ५ दलीय गठबन्धनमध्ये अहिले ३ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा नेपाल  एमसीसी पास गर्नै नहुने पक्षमा छ । नेपाली काँग्रेस एमसीसी पास गर्नुपर्ने पक्षमा रहँदा जनता समाजवादी पार्टी तटस्थ जस्तै छ । 


    images
    images

    Logo