images
images

१०५ अंकले बजार बढ्दा पनि मूल्‍य घट्ने यो हो एकमात्रै कम्पनी


  • 612
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    १०५ अंकले बजार बढ्दा पनि मूल्‍य घट्ने यो हो एकमात्रै कम्पनी

    काठमाडौं । आइतबारको शेयर बजार १ सय ५ अंकले बढ्यो । सत्तारुढ गठबन्धले जेठभित्रै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेपछि उत्साहित बनेका लगानीकर्ताले खरिद चाप बढाउँदा बजारले उचाइ लिएको हो ।

    तेहेरो अंकमा बढेको बजारमा सबै उपसूचकमा उत्साह देखियो । आज कारोबार भएका सबै कम्पनीको मूल्य बढ्ने अवस्था थियो । तर, मैलुङ खोला जलविद्युत् कम्पनी अपवाद बन्यो । यो कम्पनीको मूल्य आज १ रुपैयाँले घटेर ५८० रुपैयाँमा झरेको हो ।

    आज कारोबार भएका १ सय ९१ कम्पनीमध्ये यो मात्रै एउटा यस्तो कम्पनी हो जसको मूल्य घटेर बन्द भयो । यद्यपि यो कम्पनीको मूल्य घट्नुको खासै कारण भने छैन । 

    सूचीकृत कम्पनीमध्ये मूल्य घट्ने मैलुङ खोला मात्रै भए पनि डिवेञ्चर, म्युचुअल फण्ड लगायतको मूल्य भने आज घटेको छ । यो समेत गरी आज २१ वटा स्क्रिपको मूल्य घटेको छ । 


    images
    images

    Logo