काठमाडौं । सुनचाँदी बजारमा आज ४ सयले सुनको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।
शुक्रबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर र प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।