काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको झन्डै साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक शेयरमा स्वामित्व कायम रहेका ८ जनाले ७ लाख ५९ हजार ३ सय ७२ कित्ता शेयर बिक्रीका लागि सञ्चालक समितिसमक्ष निवेदन दिएका हुन् ।
यसरी शेयर बिक्री गर्न चाहनेमा कैलाशपतन्द्रि अमात्य, गिरीराज शर्मा संग्रौला, अम्बरबहादुर तामाङ, दीपक लामा, मेनका लामा, बोधप्रसाद त्रिपाठी, पवनसिंह भण्डारी र कोषराज वन्त छन् ।
बैंक सञ्चालक समितिले विद्यमान संस्थापक शेयरधनीलाई शेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको छ । उक्त अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नआए संस्थापक बाहेकका लागि आवेदन खुलाउने बैंकले जनाएको छ ।