images
images

ह्वात्तै घट्यो नेपाल लाइफको बोनस दर, कुन बीमालेखमा कति ?


  • 3.1K
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    ह्वात्तै घट्यो नेपाल लाइफको बोनस दर, कुन बीमालेखमा कति ?

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस दरमा उच्च गिरावट आएको छ । नेपालकै सबैभन्दा धेरै बीमालेख संख्या भएको सो कम्पनीले बिक्री गरेको सावधिक र आजीवन जीवनबीमाको बोनस दर घटेको हो ।

    यसअघि सो कम्पनीले न्यूनतम ६५ रुपैयाँ प्रतिहजारसम्म बोनस दिँदै आएको थियो । यो दर अहिले घटेर ५६ रुपैयाँ सम्म झरेको छ । त्यस्तै, २५ वर्षे बीमालेख भएकालाई अधिकतम ८२ रुपैयाँ प्रतिहजारका दरमा बोनस दिँदै आएको सो कम्पनीले अहिले यसलाई ७० मा झारेको छ । 

    अधिकतम बोनस दर ८२ रुपैयाँ नै कायम राखे पनि सो कम्पनीले अब ३० वर्षे बीमालेख भएकालाई मात्रै यो बोनस दर उपलब्ध गराउने जनाएको छ । 

    इन्स्योरेन्सले सबैभन्दा धेरै बीमालेख बिक्री भएका ११ देखि २० वर्ष अवधिको सावधिक जीवनबीमाको बोनस दर पनि घटाएर ६० रुपैयाँ प्रतिहजारमा झारेको छ । 

    Nepal Life Bonus.jpg


    images
    images

    Logo