images
images

स्थानीय निर्वाचन ऐन संशोधन गरिने, स्थानीय तहको चुनाव जेठमा


  • 662
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    स्थानीय निर्वाचन ऐन संशोधन गरिने,  स्थानीय तहको चुनाव जेठमा

    काठमाडौं । स्थानीय तहको निर्वाचन ऐन संशोधन गरेर जेठमै स्थानीय चुनाव गराउन सत्तारुढ दलहरु एकमत भएका छन् । शनिबार बसेको सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएको निष्कर्ष निकाल्दै यसलाई संशोधन गर्ने र समयमै निर्वाचन सम्पन्न गर्ने निष्कर्षमा पुगेका हुन् । 

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठ मसमान्तसम्म स्थानीय तहको गठबन्धन तयार भएको जानकारी दिए। उनका अनुसार गठबन्धनका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न सरकारलाई सुझाव दिएका थिए। संविधानसँग बाझिएको कानुन संशोधन गर्नुपरे त्यसको प्रक्रिया पनि अगाडि बढाउन सत्तारुढ दलका नेताहरुबाट सुझाव आएको मन्त्री कार्कीले बताए।

    सरकारले अब निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेदेखि सरकारकै नेतृत्व गरिरहेको नेपाली काँग्रेसभित्रबाट पनि चर्को दबाब रहँदै आएको थियो । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजादी) भने पहिले संघीय संसदको चुनाव गर्नुपर्ने पक्षमा थिए ।


    images
    images

    Logo