images
images

आज संक्रमितभन्दा निको हुनेको संख्या बढी


  • 342
    SHARES
  • २०७८ माघ १५ गते शनिबार

    आज संक्रमितभन्दा निको हुनेको संख्या बढी

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो २४ घन्टामा ५ हजार ९ सय २४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

    स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय १जनामा कोरोना परीक्षण भएको थियो ।

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय २०  जना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ४ सय ४ जना, भक्तपुरमा १ सय ११ जना र ललितपुरमा ३ सय ५ जना संक्रमित थपिएका छन् । 


    images
    images

    Logo