images
images

विद्यार्थीलाई विद्यालयमै माघ २० गतेसम्म खोप लगाइसक्ने


  • 330
    SHARES
  • २०७८ माघ १५ गते शनिबार

    विद्यार्थीलाई विद्यालयमै माघ २० गतेसम्म खोप लगाइसक्ने

    काठमाडौँ । आजदेखि ५ दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द भएपनि खोप लगाउनका लागि विद्यालयहरु खुल्ने भएका छन् । 

    १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई माघ १५ देखि २० गतेसम्म विद्यालयमै खोपको व्यवस्था गर्न भएको छ । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् । 

    काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । यसअघि पुस २७ देखि माघ १५ सम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।


    images
    images

    Logo