काठमाडौं । वाग्मती नदीको किनारा क्षेत्रमा अतिक्रमण गरेर घर बनाउनेलाई अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले अन्तिम चेतावनी दिएको छ । समितिले यसरी अतिक्रमण गरेर बनाइएको संरचना अस्थायी प्रकृतिको भए ३ दिनभित्र र स्थायी संरचना भए ७ दिनभित्र भत्काउन समितिले चेतावनी दिएको हो ।
समितिले गुह्वेश्वरीदेखि थापाथली पुलसम्म अतिक्रमित यस्ता संरचनाका लागि यस्तो सूचना जारी गरेको हो । यो अवधिमा संरचना नभत्काए/नहटाए समिति आफैंले हटाउने र यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी समेत दिएको छ ।