images
images

सरकार र बैंक तथा वित्तीय संस्था दुवैको निक्षेप घट्यो


  • 385
    SHARES
  • २०७८ माघ १५ गते शनिबार

    सरकार र बैंक तथा वित्तीय संस्था दुवैको निक्षेप घट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा सरकार र बैंक तथा वित्तीय संस्था दुवैको निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस महिनामा यस्तो निक्षेपमा कमी आएको हो । 

    राष्ट्र बैंकका अनुसार पुस मसान्तमा सरकारी निक्षेप २ सय ६८ अर्ब रुपैयाँ तथा बैंक तथा वित्तीय संस्थाको निक्षेप १ सय ५७ अर्ब रुपैयाँ छ । अघिल्लो महिना सरकारी निक्षेप २ सय ९४ अर्ब तथा बैंक तथा वित्तीय संस्थाको निक्षेप १ सय ६० अर्ब रुपैयाँ रहेको थियो । 

    पुस मसान्त दोस्रो त्रैमासको अन्त्य भएकोले यो अवधिमा अधिक राजश्व संकलन हुन्छ । अनुमानित आयमा आधारित अग्रिम आयकर दाखिला गर्ने समय पनि पर्ने भएकोले यो अवधिमा राजश्व संकलन वृद्धि हुनुपर्ने अनुमान गरिन्छ । यसरी राजश्व संकलन बढ्दा निजी क्षेत्रको रकम सरकारी खातामा जान्छ । यसले सरकारी निक्षेप बढाउँछ । 

    तर, यसपटक यस्तो भएन । आन्तरिक रुपमा संकलन हुनुपर्ने राजश्व सोचेअनुसार संकलन हुन नसक्दा सरकारी खाताको रकम बढ्नुको सट्टा झन् घटेको हो ।


    images
    images

    Logo