images
images

वडासचिवसहित ३ जना विरुद्ध  अख्तियारले चलायो मुद्दा


  • 394
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    वडासचिवसहित ३ जना विरुद्ध  अख्तियारले चलायो मुद्दा

    काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र विभिन्न शीर्षकमा उठेको राजस्व रकम हिनामिना गर्ने वडासचिवसहित ३ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले रकम हिनामिना गर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    उनीहरूले सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेकाले ५३ लाख १ हजार ८ सय ५६ बिगो कायम गरी निजहरूबाट असुलउपर हुनुपर्ने मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । गत चैत २४ गते राति सामाजिक भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकमा सङ्कलन भएको राजस्व कार्यालयबाटै हराएको भन्दै आयोगमा उजुरी परेको थियो । 

    उक्त घटनाको अनुसन्धान हुँदा वडासचिव राउत र कार्यालय सहायक  गिरीले सामाजिक सुरक्षा रकम रकम बैंकबाट लिएर आएको तथा वडासचिव, कार्यालय सहायक र सहयोगीको रहोबरमा कार्यालयको दराजमा राखिएको, दराजको सेफको चाबी वडा सचिव राउत र कार्यालय सहायक गिरीसँग रहेको  र कार्यालयको चाबी सहयोगी मिश्रले बोकेको पाइएको आयोगले जनाएको छ । 

    घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अुनसन्धानबाट खुलेको छ । 


    images
    images

    Logo