images
images

एनबी बै‌ंकको शेयर मुद्दामा आईएफआईसीले अदालतलाई पठायो जवाफ


  • 677
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    एनबी बै‌ंकको शेयर मुद्दामा आईएफआईसीले अदालतलाई पठायो जवाफ

    काठमाडौं । बंगलादेश बैंकको शेयर आफूलाई बिक्री गर्ने सम्झौता गरेर अरुलाई बिक्री गरेको भन्दै अदालत पुगेका सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडको मुद्दामा बंगलादेशको आईएफआईसी बैंकले अदालतलाई जवाफ पठाएको छ । 

    आईएफआईसीले जिल्ला अदालत काठमाडाैंलाई पठाएको जवाफमा दुगडले गरेको दाबी झुठो रहेको उल्लेख गरेको छ । सो बैंकले नेपालको कानून अनुसार नेपाली कानून र राष्ट्र बैंकको प्रावधानबारे उल्लेख गर्दै यो प्रावधानबाहिर रहेका सम्झौताले कानूनी मान्यता नपाउने जिकिर गरेको छ । साथै आईएफआईसीले अदालतको अन्तरकालिन अन्तरिम आदेश खारेज गर्न माग समेत गरेको छ ।

    प्रतिवादीको जवाफसँग अब मुद्दाको अर्को सुनुवाई हुनेछ । सो सुनुवाईले यसअघि दिएको अन्तरकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने निर्णय गर्नेछ । अहिले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्विजिसज गर्ने प्रक्रिया अघि बढे पनि त्यसकै आधारको रुपमा रहेको आईसीएफसी र चाैधरी ग्रुपबीचको शेयर खरिदबिक्री प्रक्रिया अदालतको आदेशका कारण रोकिएको छ ।


    images
    images

    Logo