images
images

जोरबिजोर प्रणाली हटाउन सिफारिस


  • 842
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    जोरबिजोर प्रणाली हटाउन सिफारिस

    काठमाडौं । कोभिड–१९ महामारी रोकथाम तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक यातायातमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज बसेको केन्द्रको बैठकले सार्वजनिक सवारीमा कायम रहेको यस्तो सिफारिस गरेको हो । ट्याक्सी र निजी सवारीको जोरबिजोरलाई भने कायमै राखिनेछ ।

    सिफारिसका आधारमा अब जिल्ला प्रशासन कार्यालयहरुलाई जोरबिजोर प्रणाली हटाउन बाटो खुला भएको छ । जोरबिजोर प्रणालीले भिडभाड घट्नुको सट्टा झनै बढेपछि यसअघि यस्तो प्रणाली हटाउनुपर्ने माग सर्वत्र थियो । सार्वजनिक यातायातका श्रमिकहरुले यो प्रणालीले आफूहरुको रोजीरोटी गुमेको भन्दै अवज्ञा गर्ने चेतावनी दिएका थिए ।


    images
    images

    Logo