काठमाडौं । बैंकिङ कसुर लगायत विभिन्न मुद्दामा विभिन्न अदालतबाट सजाय सुनाइएका एक व्यक्ति कपनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बाजुरा स्थायी घर भएका विष्णु बहादुर कार्कीलाई पक्राउ गरेको हो ।
उनले १ वर्ष अघि पाटन उच्च अदालतबाछ बैंकिङ कसुर मुद्दामा ७ दिनको कैद र २७ लाख रुपैयाँ जरिवाना सजाय पाएका थिए । त्यस्तै, २०६० सालमा वैदेशिक रोजगार ठगी मुद्दामा ३ वर्ष कैद र २ लाख ५० हजार जरिवाना, बैकिङ कसुरकै मुद्दामा १ वर्ष कैद र १ लाख ५९ हजार जरिवाना, बैंकिङ कसुर मुद्दामा १ वर्ष कैद सजाय र ३० हजार जरिवाना सजाय समेत उले पाएका थिए ।
निजले विभिन्न व्यक्तिहरुलाई एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमाण्ड ड्राफ्ट बनाइदिन्छु लगायतका बहानामा ठगी समेत गरेको देखिएकाले समेत महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।



