images
images

कोरोना खोप अभियानको एक वर्ष पूरा, ३ करोड भन्दा बढी डोज खोप लगाइयो


  • 462
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    कोरोना खोप अभियानको एक वर्ष पूरा, ३ करोड भन्दा बढी डोज खोप लगाइयो

    काठमाडौँ । काठमाडौं । नेपालमा कोरोना महामारी विरुद्धको खोप अभियान सञ्चालन भएको एक वर्ष पूरा भएको छ । अघिल्लो वर्ष माघ १४ गते स्वाथ्यकर्मीलाई खोप दिएर पहिलोपटक खोप अभियान सुरु गरिएको थियो । 

    स्वास्थ्य मन्त्रालयको अनुसार यो अवधिमा  नेपालमा ४ करोड २० लाख ४९ हजार ६ सय ४० मात्रा खोप विभिन्न विधिबाट भित्रिएकोमा ३ करोड ६ लाख ४ हजार १ सय ५२ मात्रा प्रयोग भइसकेका छन् ।

    यो एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जान्सन एन्ड जान्सन, मोडर्ना, फाइजर खोप प्रयोगमा आएको छ । पछिल्लो समय १२ वर्षमाथिका सबैका लागि खोप अभियान सुरु भएको पनि मन्त्री विरोध खतिवडाले जनाएका छन् ।

    स्वास्थ्य मन्त्रालयको अनुसार १८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको ७० प्रतिशतले पूर्णमात्रामा र ८३ प्रतिशतले कमसे कम एक मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६ सय ७० जनाले पहिलो मात्रा र ३  लाख ५८ हजार २ सय ९८ जना बालबालिकाले पूर्णमात्रा खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्री खतिवडाले जनाएका थिए । 

     ‘यही खोप अभियानमा हाम्रो सक्रिय सहभागिताले दोस्रो र तेस्रो लहरमा हुन सक्ने निकै ठुलो जोखिमलाई कम गर्न सकिएको छ । कोभिड–१९ को खोप लगाउन बाँकी रहेकाले यसलाई तीव्रताका साथ अघि बढाउन र बाँकी उमेर समूहकालाई समेत खोपको व्यवस्थापन गर्नुपर्ने रहेको छ । 

    ‘खोप तथा खोपजन्य सामग्रीको विश्वव्यापी चुनौतीका बीच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नुहुने  र खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु, आमसञ्चार माध्यमहरु, आमसर्वसाधारणहरु सहयोग पुयार्उने अपेक्षा राखेका छन् 

    271812930_297378725756204_4589425869242766163_n.jpg

     


    images
    images

    Logo