काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेका छन् । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले आज उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।