images
images

कोभिड हुँदाहुँदै सार्वजनिक कार्यक्रममा ओली, एक महिनासम्म हुनसक्छ कैद सजाय


  • 363
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    कोभिड हुँदाहुँदै  सार्वजनिक कार्यक्रममा ओली, एक महिनासम्म हुनसक्छ कैद सजाय

    काठमाडौं । कोभिड पुष्टि भएको जान्दाजान्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । युवा संघ नेपालले गरेको रक्तदान कार्यक्रममा उनी सहभागी भएका हुन् । उनी सहभागी भएको कार्यक्रममा देखिएको तस्वीरले कार्यक्रर्ताहरुले भौतिक दूरी कायम समेत नगरेको देखिएको छ । 

    संक्रामक रोग ऐन २०२० ले कुै संक्रामक रोग निवारणका लागि स्थानीय सरकारले आदेश जारी गर्नसक्ने व्यवस्था गरेको छ । कुनै व्यक्ति वा समूहउपर यस्तो आदेश जारी हुनसक्ने व्यवस्था ऐनले गरेको छ । 

    सोही ऐन अन्तर्गत सरकारले अहिले कोभिड संक्रmमण पुष्टि भएको ५ दिन अनिवार्य रुपमा आइशोलेसनमा बस्नुपर्ने व्यवस्था गरेको छ । तर, ओलीले यो आदेश उल्लंघन गरेका छन् । 

    सोही ऐनको बमोजिम दफा ३ ले आदेश अवज्ञा गर्ने वा आदेश कार्यान्वयन गर्न अवरोध पुर्याउनेलाई सजायको व्यवस्था गरेको छ । ऐनले आदेश अवहेलन ागर्नेलाई १ महिनासम्म कैद र १०० रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था गरेको छ । 

    त्यस्तै, यो ऐन कार्यान्वयनमा स्रलग्न अधिकृतलाई अवरोध पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था गरेको छ ।  अहिले ओलीले आदेशको अवज्ञा गरेकोले उनलाई १ महिनासम्म कैद र १०० रुपैयाँसम्म जरिवाना हुन सक्छ । 

    Capture11.JPG


    images
    images

    Logo