images
images

सुनचाँदीको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?


  • 294
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    सुनचाँदीको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज ९ सयले सुनको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । 

    अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९ सय रुपैयाँले घटेर र प्रतितोला ९२ हजार ६सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo