images
images

जोरबिजोर प्रणाली असफल भएको प्रशासनको निष्कर्ष, खारेज गर्ने तयारी


  • 399
    SHARES
  • २०७८ माघ १४ गते शुक्रबार

    जोरबिजोर प्रणाली असफल भएको प्रशासनको निष्कर्ष, खारेज गर्ने तयारी

    काठमाडौं । एक सातादेखि उपत्यकाको सवारी व्यवस्थामा लाग्दै आएको जोरबिजोर प्रणाली हटाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर आज जोरबिजोर प्रणाली हटाउने निर्णय गर्नसक्ने जनाइएको छ । 

    कोरोनाभाइरसको तेस्रो लहरका कारण संक्रमण बढेसँगै भीडभाड कम गर्न भन्दै जोरबिजोर प्रणाली लगाइएको थियो । तर, सबै कार्यालयलाई यथावत सञ्चालन गरेको अवस्थामा जोरबिजोर प्रणाली मात्रै जारी राख्दा झनै भीडभाड बढेको गुनासो आउन थालेको छ ।

    जोरबिजोर प्रणालीकै कारण व्यक्तिगत सवारी साधन हुनेले समेत सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने वाध्यता भएको र यसले झनै जोखिम बढाएको गुनासो आउने गरेका छन् । 

    उता, यातायात व्यवसायीहरुले पनि प्रशासनले लगाउँदै आएको जोरबिजोर प्रणालीले कोरोनाभाइरस महामारी नियन्त्रणमा आउनुको सट्टा उल्ट बढेको र दैनिक गुजारा गरेर पेट पाल्नुपर्ने यातायात श्रमिक र तिनका परिवारलाई यसले प्रत्यक्ष प्रभाव पारेको भन्दै यसलाई खारेज गर्न माग गर्दै यसलाई निरन्तर गरिए अवज्ञाको चेतावनी दिइसकेका छन् । 

    उता प्रशासन कार्यालयहरु पनि जोरबिजोर प्रणाली असफल भएको निष्कर्षमा पुगिसकेका छन् । सोही कारण यो प्रणाली हटाउन उनीहरुले गृह मन्त्रालय र सीसीएमसीलाई सिफारिस गरिसकेका छन् । गृह र सीसीएमसीको सहमतिमा दिउँसो बस्ने बैठकले यो प्रणाली खारेज गर्ने तयारी गरिएको छ ।


    images
    images

    Logo