images
images

सात महिनामा ६ अर्ब ४६ करोडको गलैंचा निर्यात


  • 344
    SHARES
  • २०८१ फाल्गुण ११ गते आइतबार

    सात महिनामा ६ अर्ब ४६ करोडको गलैंचा निर्यात

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालबाट ६ अर्ब ४६ करोडको गलैंचा निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि माघसम्ममा ३६ अर्ब ४६ करोड ८६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको गलैंचा नेपालबाट बाहिरिएको हो । 

    सो अवधिमा २ लाख ९७ हजार ५३५ वर्ग मिटर गलैंचा नेपालबाट अन्य देशहरुमा निर्यात भएको छ । 

    गलैंचा नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुको शीर्ष स्थानमै पर्ने भएतापनि नेपालमा गलैंचा अन्य देशबाट आयातसमेत भएको छ । ४ महिनाको अवधिमा २३ लाख ४६ हजार रुपैयाँ बराबर रकममा २ हजार ७३१ वर्ग मिटर गलैंचा नेपाल भित्रिएको तथ्यांकमा जनाइएको छ । उक्त निर्यातबापत ११ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

    गत आर्थिक वर्षभरिमा नेपालले १० अर्ब ५७ करोड रुपैयाँ बराबर रकममा ४ लाख १४ हजार वर्ग मिटर गलैंचा निर्यात गरेको थियो ।

    नेपालमा उत्पादन गरिएको गलैंचा मुख्यतः बेल्जियम, अष्ट्रेलिया, क्यानडा, चीन, अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।


    images
    images

    Logo