काठमाडौं । काठमाडौं–मुग्लिन सडक फेरी अवरुद्ध भएको छ । त्रिशूली नदीमा बहाव बढेर कृष्णभीरमा सडक कटान गर्न थालेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बताइन । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको बताइएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट तराई र तराईबाट राजधानी भित्रने यात्रु अलपत्र परेका छन् । यसअघि गत बुधवारको बाढीले सडकमा तीन मिटरसम्म लेदो र माटो थुपारेका कारण सो सडक तीन दिनसम्म अवरुद्ध भएको थियो ।



