काठमाडौं । झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै बिर्तामोडस्थित भाटभटेनी आजदेखि सञ्चालनमा आएको जनाएका छन् ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यसहित बिर्तामोडको भाटभटेनी पुनः सञ्चालनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत साथ सहयोगको अपेक्षा गरिएको छ ।
भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले गतवर्षको भदौ २४ को जेन्जी आन्दोलनका क्रममा आगजनी गरिएपछि बन्द रहेको बिर्तामोड स्टोर आजैदेखि सञ्चालनमा आएको जानकारी दिँए । उनका अनुसार, भाटभटेनिका धरान र टंगालस्थित स्टोर पनि छिट्टै सञ्चालनमा आउने भएका छन् ।



