images
images

कन्चनपुरमा साउन ७ गते २५० को सामान किनेका ग्राहकलाई १० लाखको उपहार


  • 188
    SHARES
  • २०८३ श्रावण २२ गते शुक्रबार

    कन्चनपुरमा साउन ७ गते २५० को सामान किनेका ग्राहकलाई १० लाखको उपहार

    काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत एकजना करदाताले साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन् । कन्चनपुरको पुनरवासस्थित शिव कृष्ण जेनरल स्टोरमा साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेका हुन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो ।

    अर्थ मन्त्रालयमा शुक्रवार बिहान आयोजित कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बम्पर उपहार खुला गरेका थिए । साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिएको थियो ।

    जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा थप १५ जनाले एक लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन्। यस्तै साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा गरिएको थियो ।

    करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याएको थियो । 

    यसको पहिलो घोषणा आज गरिएको हो । हरेक १५ दिन १५ जनालाई जनही १ लाख र एक जनालाई बम्पर पुरस्कारस्वरुप १० लाख दिने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । त्यसका लागि शनिबारदेखि नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ । 

    नगद भुक्तानी गरी स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने सक्कली बिल लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्ने आन्तरिक राजश्व विभागले जनाएको छ ।

     




    images
    images

    Logo