काठमाडौं । रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ । दुई हजार ४९८ अझै बेपत्ता रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आईतवार बिहानसम्म रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका ७३४ जनाको शव फेला परेको छ।
सो बाढीमा परेका दुई हजार ४ सय ९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकारणले जनाएको छ । मृतकमध्ये चितवनमा सबैभन्दा बढी २५९ जनाको शव फेला परेको छ । त्यसैगरी नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२, जनाको शव फेला परेको जनाइएको छ ।
त्यस्तै गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३, जनाको शव भेटिएको छ । फेला परेकामध्ये केहिको आंशिक मानव अंग मात्र रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनाबाट ९३३ जना, रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना रहेका छन् ।
यसैगरी मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५८९ जना, प्रहरी २७ जना, सेना ४५ जना, सशस्त्र प्रहरी १३ जना, भन्सार कार्यालय १५ जना रहेका छन् । अध्यागमन कार्यालयका ४ जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना समेत वेपत्ताको सूचिमा रहेको प्राधिकरणले जनाएको छ।
खोज तथा उद्धारका लागि १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ । जलविद्युतको सुरुङबाट शुक्रबार १९१ र शनिबार ८८ जनाको उद्धार भएको प्राधिकारणको भनाई छ। हालसम्म २२७ जना विदेशी नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।



