images
images

माघमा घट्यो घरजग्गा कारोबार, राजस्व संकलनमा करिब १५ प्रतिशतको वृद्धि


  • 420
    SHARES
  • २०८१ फाल्गुण ३ गते शनिबार

    माघमा घट्यो घरजग्गा कारोबार, राजस्व संकलनमा करिब १५ प्रतिशतको वृद्धि

    काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको माघमा घरजग्गाको कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनीक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को माघको तुलनामा चालु वर्षको माघमा कारोबार ९.५२ प्रतिशतले घटेको हो ।

    गत माघमा देशभर ५० हजार ९२१ वटा लिखत पारित भएको थियो जुन यस वर्ष घटेर ४६ हजार ६९ को संख्यामा पुगेको छ । 

    जग्गाको कारोबार घटेपनि कारोबारबापत राज्यलाई प्राप्त हुने राजस्व भने करिब १५ प्रतिशतले बढेको छ । गत वर्षको सोही महिनामा उक्त क्षेत्रबाट ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यस माघमा बढेर ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको हो । 

    चालु आर्थिक वर्षको माघ महिनामा सर्वाधिक लिखत पारित भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । उक्त कार्यालयबाट १७०४ कारोबार भएका छन् । त्यस्तै, भद्रपुर, जनकपुरधाम र बेलवारी कार्यालयबाट क्रमशः १५७०, १५०३ र १५०१ लिखत पारित भएका छन् । 

    साथै, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज र सिराहाबाट पनि एक हजार भन्दा धेरै संख्यामा लिखतपारित भएका छन् । 


    images
    images

    Logo