images
images

६ महिनामा नेपालबाट साढे ४ करोडको रिठ्ठा निर्यात


  • 488
    SHARES
  • २०८१ माघ २५ गते शुक्रबार

    ६ महिनामा नेपालबाट साढे ४ करोडको रिठ्ठा निर्यात

    काठमाडौं । ६ महिनामा नेपालले ४ करोड रुपैयाँ भन्दा बढीको रिठ्ठा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्ममा नेपालबाट साढे ४ करोडको रिठ्ठा निर्यात भएको हो । 

    सो अवधिमा नेपालबाट ६ लाख ४६ हजार ३३८ किलो रिठ्ठा ४ करोड ६४ लाख रुपैयाँ बराबर मूल्यमा बाहिरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

    रिठ्ठाको पाउडर साबुन, स्याम्पु बनाउन प्रयोग हुने गरेको छ । साथै, सुनचाँदी व्यवसायीहरुले पनि धातुलाई चम्काउन रिठ्ठाको प्रयोग गर्ने गर्छन् ।


    images
    images

    Logo