images
images

भारतलाई ‘ट्रान्जिट’ बनाएर हेभी ट्रक नेपाल–बंगलादेश आउजाउ गर्न पाउने


  • 358
    SHARES
  • २०८१ माघ १ गते मंगलबार

    भारतलाई ‘ट्रान्जिट’ बनाएर हेभी ट्रक नेपाल–बंगलादेश आउजाउ गर्न पाउने

    काठमाडौं । नेपालबाट हेभी ट्रकहरू भारतको बाटो हुँदै बंगलादेश आउजाउ गर्न पाउने भएका छन् । हालै काठमाडौंमा सम्पन्न दुई देशबीच भएको व्यापार तथा पारवहन सम्बन्धी अन्तरसरकारी समिति (आईजीसी) बैठकमा नेपालका हेभी ट्रकलाई भारत हुँदै बंगलादेश जान आउन दिन भारत सहमत भएको हो ।

    भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयको नियमावलीमा परिवर्तन गर्दै १८.५ टनसम्मका दुई एक्सल सवारीसाधन र २८ टनसम्मको तीन एक्सल सवारीसाधन सञ्चालन अनुमति दिइएको हो ।

    काँकडभिट्टाबाट भारत फुलबारी हुँदै बंगलादेशको बंगलाबन्ध रुटमा चल्ने सवारीसाधनका लागि यो व्यवस्था लागु हुने भारतीय वाणिज्य मन्त्रालयले जनाएको छ ।


    images
    images

    Logo