images
images

५ महिनामा ६ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब रुपैयाँ पुग्यो


  • 346
    SHARES
  • २०८१ पौष २६ गते शुक्रबार

    ५ महिनामा ६ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब रुपैयाँ पुग्यो

    काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले बढेर ६ खर्ब रुपैयाँभन्दा धेरै भित्रिएको हो ।

    अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स बढेर चार अर्ब ७३ करोड पुगेको छ ।

    यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ९० हजार तीन सय ८४ जना रहेको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा १८ हजार चार सय नौ जनाले धेरै हो ।

    यस्तै पाँच महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय २५ जना छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा ३२ हजार आठ सय ८३ जनाले धेरै हो ।

    यस्तै विदेशी मुद्रा सञ्चिति २२ अर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति पाँच महिनामा ११.४ प्रतिशतले बढेर झन्डै पौने २३ अर्ब रुपैयाँ पुगेको हो ।

    यस्तै पाँच महिनामा चालू खाता एक खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ ।

    यस्तै मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ६.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष मङ्सिरमा मूल्यवृद्धि ४ दशमलव ९५ प्रतिशत रहेको थियो ।


    images
    images

    Logo