images
images

४ महिनामा नेपाल भित्रिए ८ अर्ब ३७ करोड मूल्य बराबरको विद्युतीय सवारीसाधन


  • 512
    SHARES
  • २०८१ मंसिर ९ गते आइतबार

    ४ महिनामा नेपाल भित्रिए ८ अर्ब ३७ करोड मूल्य बराबरको विद्युतीय सवारीसाधन

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा ८ अर्ब ३७ करोड रुपैयाँ बराबर रकमका विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरका विभिन्न सवारी साधन नेपाल भित्रिएको हो । 

    सो अवधिमा ३ हजार ४८७ विद्युतीय कार, भ्यान र जीप आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा सरकारले विद्युतीय कार, भ्यान र जीप आयातमार्फत ५ अर्ब १९ करोड २० लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । असोज महिनासम्म ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ बराबरका २ हजार ५१८ वटा विद्युतीय गाडीहरू आयात भएका थिए । 

    नेपालमा ५० किलोवाट मोटर पावर भएका देखि ३०० किलोवाट मोटर पावर भएका विद्युतीय गाडीहरू भित्रिने गरेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाट मोटर पावर भएका विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

    कात्तिक महिनासम्म ५० किलोवाटसम्मका १ हजार ५० वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् । त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २ हजार ११५ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ३१६ वटा, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा र ३०० किलोवाटदेखि माथिका २ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् । 

    यसका साथै ४ महिनामा १ अर्ब ८७ करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरका ६११ वटा विद्युतीय मिनी र माइक्रो बसहरू पनि आयात भएका छन् ।


    images
    images

    Logo