काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १८ अर्ब ६६ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता नेपाल भित्रिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को साउन, भदौ, असोज र कात्तिक महिनामा १८ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ बराबर प्रतिवद्धता नेपाल भित्रिएको हो ।
४ महिना अवधीमा २६३ वटा उद्योगमा लगानी उक्त प्रतिवद्धता आएको हो । विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिक महिनामा मात्रै २ अर्ब २२ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । ५९ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको हो ।
प्रत्यक्ष विदेशी लगानी कम्पनीमा कात्तिक महिनामा मात्र ११ सय २४ कर्मचारी रोजगारमा प्रतिबद्ध भएका छन् । त्यसैगरी साउन देखी कात्तिक सम्मको तथ्याङ्कलाई हेर्दा ७ हजार ६ सय ६७ ले रोजगार पाएका छन् भने सुरुवात देखी कात्तिक मसान्त सम्ममा ३ लाख ३७ हजार २ सय ८८ रोजगारमा आबद्ध भएका छन् ।



