काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा १८ हजार ८ सय किलो राहदानी (पासपोर्ट) आयात गरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा यस्तो स्थिति देखिएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा ८ हजार ८८३ किलो पासपोर्ट नेपाल भित्रिएको थियो । उक्त मात्रामा यसपटक १२२.८९ प्रतिशतले वृद्धि भएर १८ हजार ८ सय किलो पुगेको तथ्यांकमा जनाइएको छ ।
चालू आर्थिक वर्षमा ५७ करोड ९० लाख ३४ हजार रुपैयाँ बराबर मूल्यको पासपोर्ट भित्रिएको छ । गत आर्थिक वर्षमा उक्त रकम ४० करोड ६ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
हाल नेपालले फ्रान्सबाट पासपोर्ट छापेर नेपाल भित्र्याउने गरेको छ । पासपोर्टको गणना संख्यामा गरिने भएतापनि आयात गर्दा भने किलोको हिसाबमा गर्ने गरिएको छ ।