काठमाडौं । भारतले यो वर्षको हिउँदमा नेपाललाई विद्युत् दिने गरी सम्झौता अझै नविकरण गरेको छैन । वर्षा याममा बिजुली बेच्नसक्ने क्षमता भएको र हिउँदमा बिजुली किन्नुपर्ने अवस्थामा रहेको नेपाललाई विजुली आयातका लागि भारतको अनुमति लिनुपर्ने आवश्यकता छ ।
गत मार्च २९ (चैत १६) मा भारतले चुनाव आइरहेको भन्दै तीन महिनाका लागि मात्रै विद्युत् निर्यातसम्बन्धी सम्झौता नवीकरण गरेको थियो । दिनको समय (सन आवर) मा मात्रै विद्युत् निर्यात गर्ने गरी गरिएको सम्झौताको नवीकरणको म्याद जुनको अन्त्यमा सकिएको थियो । त्यसपछि भारतले सम्झौता नवीकरण गरेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले १ डिसेम्बर (१६ मंसिर) देखि भारतबाट विद्युत् आयात गर्नुपर्ने प्रक्षेपण गरेको छ ।