images
images

नदीमा माछा मार्न जाँदा बेपत्ता भएका ३ जनाको सकुसल उद्धार


  • 289
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    नदीमा माछा मार्न जाँदा बेपत्ता भएका ३ जनाको सकुसल उद्धार

    कैलाली । कैलालीमा माछा मार्न गई सम्पर्कविहीन भएका तीन जनाको आज सकुसल उद्धार गरिएको छ । 

    सोमबार दिउँसोको समयमा माछा मार्न भनि कर्णाली नदीमा गई सम्पर्कविहीन भएका लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक डाला मगरलाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

    जिल्लाको जानकी गाउँपालिका–९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुमा तीनै जनालाई सकुसल फेला पारी उद्धार गरिएको बताइएको छ । 


    images
    images

    Logo