images
images

मध्यपहाडी राजमार्ग अवरूद्ध हुदाँ यात्रु बीच बाटोमै अलपत्र 


  • 423
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    मध्यपहाडी राजमार्ग अवरूद्ध हुदाँ यात्रु बीच बाटोमै अलपत्र 

    सिन्धुली । मध्य पहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

    अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । विभिन्न निकायसँग समन्यव गरेर सडक पुनःसञ्चालन गर्न प्रयत्न भइरहेको उनको भनाइ रहेको छ ।

    सडक मङ्गलबारदेखि अवरुद्ध भए पनि सडक सञ्चालन नहुँदा सवारी साधन तथा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायतका जिल्लाबाट दसैं सकेर राजधानी फर्केका तथा दसैंको अन्तिममा आफन्तजनकोमा आशिर्वाद थाप्न हिँडेका यात्री वर्षाका कारण बीच बाटोमै अलपत्र परेका हुन् ।

    मङ्गलबार बिहानैदेखि सडक अवरूद्ध भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन नसकिएको वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताए । दसैँका बेला मान्यजनको हातबाट टीका थाप्न हिँडेका बीच बाटोमा नै अलपत्र परेकाले सडक सुचारु गर्ने प्रयास भने जारी रहेको उहाँको भनाइ छ । मध्यपहाडी खुर्कोट–घुर्मी खण्डमा गएका आधा दर्जन बढी पहिरोका कारण यात्रा अनिश्चित बनेको स्थानीय गौरव कार्कीले जानकारी दिए ।


    images
    images

    Logo