महेन्द्रनगर । अविरल वर्षासँगै सुदूरपश्चिम क्षेत्रमा आएको बाढीमा फसेका ४ सय भन्दा बढीलाई नेपाली सेनाले उद्दार गरेको छ । नेपाली सेनाको सुदूरपश्चिमको २५ नम्बर बाहिनी अड्डाबाट खटिएको टोलीले सो महाकाली नदीको तटीय क्षेत्रमा रहेका भीमदत्त नगरपालिका र महाकाली पारीको दोधारा चाँदनी क्षेत्र (महाकाली नगरपालिका) बाट मात्रै सो बराबरको उद्दार गरिएको हो ।
नेपाली सेनाका अनुसार दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकबलमा मात्रै बाढीमा फसेका ४१ परिवारका १ सय ५ जनालाई सुरक्षित ठाउँमा उद्दार गरिएको छ ।
भीमदत्त नगरपालिकाकै वडा नम्बर १० र ११ र १२ मा बाढीमा फसेका ३ सय १२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उता भीमदत्त नगरपालिकाकै वडा नम्बर ९ खल्दामसेठ्ठीमा २२ घण्टादेखि रुखमा फसेर बसेका ५ जनाको हेलिकोप्टरमार्फत् उद्दार गरिएको छ । उद्दारका लागि कन्चनपुरमा मात्रै २ सय जना सैनिक परिचालन गरिएको थियो ।
बाढीले महाकाली निर्माणाधिन महाकाली पुल र त्यसँगैको पहुँचमार्ग (भाइरल रोड) मा समेत कटान गरेको छ । सेनाले कटान भएको क्षेत्रको संरक्षणका लागि टोली परिचालन गरिरहेको छ ।










