images
images

पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु


  • 425
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु

    धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।
     
    राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।
     
    घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिए ।
     
    गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनले बताए । घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।

    बाढी पहिरोमा परी थप दुई जनाको मृत्यु

    चार दिनदेखिको बेमौसमी बर्षाका कारण आएको बाढी पहिराबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार  सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो । उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल –५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई  घाइते भएका छन् ।

    मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिराका कारण जिल्लामा मङ्गलबार नौजना मृत्यु भएको थियो । जिल्लामा अहिले पनि बर्षा भइरहेको छ भने विद्युत्, सञ्चार सम्पर्क अवरुद्ध भएको छ ।


    images
    images

    Logo