images
images

राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुको ब्याजदर घट्दै, शेयर बजारमा उत्साहको संकेत 


  • 404
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुको ब्याजदर घट्दै, शेयर बजारमा उत्साहको संकेत 

    काठमाडौं । बैंकहरुले बढाएको ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । मंगलबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले एक महिनामा १० प्रतिशतको दरले मात्रै ब्याजदर वृद्धि गर्न पाउने व्यवस्था गरेको हो ।

    यस्तो ब्याजदर कात्तिकदेखि नै लागु गर्नुपर्ने र निर्देशन बमोजिमको नयाँ तालिका आज (कात्तिक ३) गतेभित्र लागु गर्नुपर्नेगरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । यस्तो ब्याजदर तालिका शुक्रबारसम्म प्रकाशित गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । 

    राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीको ब्याजदर भन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने समेत व्यवस्था गरेको । यो व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा बढाएको ब्याजदर कात्तिकदेखि नै लागु हुनेगरी घटाउनु पर्नेछ । 

    बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाएपछि यसले वित्तीय क्षेत्रमा तरंग पैदा भएको थियो । ब्याजदर बढेकै कारण शेयर बजार परिसूचकमा समेत उच्च अंकको गिरावट आएको थियो । यो निर्देशनपछि पुँजीबजारमा समेत सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि यो निर्देशनपछि यसअघि निकै कम ब्याजदर अफर गरेका बैंकहरु भने तरलता संकटमा पर्ने देखिएको छ । 

    कात्तिक १ गतेदेखि लागु हुनेगरी प्रकाशित ब्याजदर तालिकामा बैंकहरुले शतप्रतिशत भन्दा बढीसम्म ब्याजदर बढाएका थिए । 


    images
    images

    Logo