images
images

शेयर बजार आज पनि भारी गिरावट, ७७ अंकले बजार घट्दा नकारात्मक सर्किट 'शुन्य'


  • 443
    SHARES
  • २०७८ कार्तिक २ गते मंगलबार

    शेयर बजार आज पनि भारी गिरावट,  ७७ अंकले बजार घट्दा नकारात्मक सर्किट 'शुन्य'

    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ७७ अंकको करेक्सन आएको छ । साताको तेस्रो दिन मंगलबार ७७.३३ विन्दुले घट्दा परिसूचक २ हजार ५ सय १० दशमलव ७३ विन्दुमा रोकिएको हो । घट्दो बजारमा आज ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । 

    आज बजारमा सबे सूचक तथा उपसूचकमा गिरावट आएको छ । फाइनान्स उपसमूहमा सबैभन्दा बढी ५ प्रतिशत बढीको गिरावट आउँदा हाइड्रोपावरमा ४.४७ प्रतिशत र विकास बैंकमा ४.१४ प्रतिशतको गिरावट आएको छ । सबैभन्दा कम मूल्य घटेको म्युचुअल फण्डमा पनि १.२४ प्रतिशत तल झरेको छ । 
    आज बजारमा १ सय ८७ कम्पनीको कारोबार भएकोमा १ सय ७८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर देखिएको छ । 

    घट्दो ट्रेन्डमा रहेको बजारबीच परिसूचकमा उचारचढाव भने आज पनि देखियो । पहिलो आधा घण्टा वित्न नपाउँदै ५५ अंकले तल झरेको बजारले त्यसपछि झन्डै २० अंकको रिकभर गरेको थियो । तर, लगानीकर्ताको मनोबल बलियो हुन नसक्दा परिसूचक एक सय अंक भन्दा बढीले घटेर २ हजार ४ सय ८२ अंकसम्मा झरेको थियो ।

    बजार सो विन्दुमा झरेपछि बजारले रिकभरी सुरु गरेको थियो । तर, करिब ४५ अंक बढेपछि बजार परिसूचक फेरि घट्न थाल्यो र अन्त्यमा २ हजार ५ सय १० अंकमा रोकियो । 

    बजार उच्च अंकले घट्दा आज पनि बजारमा नकारात्मक सर्किट लाग्ने कम्पनीको संख्या भने कुनै पनि भएन । सबैभन्दा बढी मूल्य घटेको नेपाल हाइड्रोले ९.७७ प्रतिशतको मूल्य गुमायो । यसले लगानीकर्ताले बजारप्रति विश्वास गुमाए पनि आफूले लगानी गरेका कम्पनीमाथि भने अझै विश्वास नगुमाएको प्रमाणित गर्छ । यसले गर्दा लगानीकर्ताहरु अझै प्यानिक भएर शेयर बेचेका छैनन् भन्ने प्रमाणित समेत गर्छ । 

    बजार घट्दै गए पनि लगानीकर्ताको विश्वास नडग्मगाएकाले आगामी दिनमा परिसूचकले ठूलो गिरावट व्यहोर्न नपर्ने विश्वास यसबाट गर्न सकिन्छ ।

     


    images
    images

    Logo