काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । २ साताअघि भारतको मुम्बईमा आोजित वर्ल्ड एचआरडी कँग्रेसले इन्स्योरेन्सलाई एशियाज बेष्ट इप्लोइयर ब्राण्ड अवार्ड २०२१ बाट पुरस्कृत गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगेश बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीले जुम माध्यमबाट उक्त सम्मेलनमा सहभागिता जनाएको थियो । पुरस्कार ग्रहण गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इम्पोइ ब्रान्डिङ इन्सिच्युड, वर्ल्र्ड एचआरडी कँग्रेस र अन्य रणनीतिक साधेदारहरुलाई धन्यवाद दिएका थिए ।
समारोहमा सीईओ श्रेठले कम्पनीले यो उपलब्धिमा प्राप्त गर्नुमा सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय र सञ्चार जगतको महत्वपूर्ण योगदान रहेको बताए । यो सम्मानले कम्पनीलाई थप हौसला प्राप्त भएको भन्दै उनले आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको स्थापित हुने प्रतिवद्धता व्यक्त गरेका गरे ।



