images
images

प्रधानमन्त्री हुनेबित्तिकै भारत जाने परम्परा तोड्दै देउवा, पहिलो भ्रमण बेलायत 


  • 554
    SHARES
  • २०७८ कार्तिक २ गते मंगलबार

    प्रधानमन्त्री हुनेबित्तिकै भारत जाने परम्परा तोड्दै देउवा, पहिलो भ्रमण बेलायत 

    काठमाडौं । नियुक्ति भएलगत्तै भारत भ्रमणमा जाने विगतका प्रधानमन्त्रीको परम्परा वर्तमान प्रधानमन्त्री शेयरबहादुर देउवाले तोड्ने भएका छन् । देउवाले पहिलो विदेश भ्रमणको रुपमा कात्तिक तेस्रो साता बेलायत जाने भएका हुन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा बेलायत जान लागेका हुन् । 

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल जाने निर्णय गरेको हो । 

    अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्टकल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मलेन हुँदैछ । यो प्रधानमन्त्रीका रूपमा देउवाको पहिलो विदेश भ्रमण हुनेछ ।

    अहिलेसम्म प्रधानमन्त्री नियुक्तिपछि सबैजसो प्रधानमन्त्रीले भारतकै भ्रमण गर्दै आएका छन् । पहिलोपटक प्रधाममन्त्री हुँदा प्रचण्ड चीन भ्रमणमा गए पनि लगत्तै भारत भ्रमणमा गएका थिए । पछिल्लोपटक देउवा प्रधानमन्त्री भएपछि भने भारतले भ्रमणको आधिकारिक निम्तो दिएको छैन । 


    images
    images

    Logo