काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकको महाप्रबन्धकमा बढुवा भएका छन् । १४ महिना अघि नायब महाप्रबन्धकको रुपमा नबिलमा छिरेका ज्ञवालीलाई बैंक सञ्चालक समितिको बैठकले महाप्रबन्धकमा बढुवा गरेको हो । बढुवासँगै ज्ञवाली बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतको हैसियतमा पुगेका छन् ।
चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिका ज्ञवाली नेपाल राष्ट्र बैंकका क्याडर हुन् । नबिल बैंकमा आउनुअघि ज्ञवालीले ज्योति विकास बैंकको सीईओको रुपमा काम गरेका थिए ।