images
images

शेयर बजारमा ७० अंकको गिरावट, ब्याजदर बढ्दा बजारलाई तेहेरो दबाव


  • 522
    SHARES
  • २०७८ कार्तिक १ गते सोमबार

    शेयर बजारमा ७० अंकको गिरावट, ब्याजदर बढ्दा बजारलाई तेहेरो दबाव

    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा झन्डै ७० अंकको गिरावट आएको छ । साताको दोस्रो दिन बजार ६९.५१ अंकले घट्दा परिसूचक २ हजार ५ सय ८७ दशमलव ४५ विन्दुमा ओर्लिएको हो । आज बजारमा झन्डै ३ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो ।

    बजार खुलेदेखि नै नकारात्मक दिशा समातेको परिसूचकले पहिलो आधा घण्टा र तेस्रो घण्टा सुधार हुने प्रयास गरे पनि सफल हुन सकेन । फलस्वरुप बजार नकारात्मक भएर बन्द भएको छ । 

    बजारमा आज १ सय ७६ कम्पनीको कारोबार भएकोमा १ सय ८२ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य मात्रै बढेको छ । 
    बजारमा रहेका उपसूचकमध्ये आज व्यापारमूलक उपसूचक मात्रै सकारात्मक देखियो । वित्तीय संस्था उपसूचक सबैभन्दा बढी ४.२६ प्रतिशतले घटेको छ । बजार उच्च रुपमा घटे पनि आज घलेम्दी हाइड्रोपावरको मूल्यमा मात्रै नकारात्मक सर्किट लागेको छ । 

    आज बजार घट्नुको पछाडी बैंक तथा वित्तीय स‌ंस्थाले बढाएको ब्याजदरलाई प्रमुख कारण मानिएको छ । तरलता अभाव, लगानी गर्ने वैकल्पिक माध्यमको उच्च प्रतिफल र बैंकिङ ऋणकाे ब्याज बढ्ने आशंकाबीच बजारमा उच्च गिरावट आएको हो ।


    images
    images

    Logo